जनतापत्र, जेठल ।
जेठल स्वास्थ्य चौकीले आफ्नो स्थापनाको ३३ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।
स्थापना दिवसका क्रममा स्वास्थ्य चौकीको विकास र सेवा विस्तारमा विगतदेखि योगदान पु¥याउने पूर्वकर्मचारी, पूर्व महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्व एवं वर्तमान पदाधिकारीलाई सम्झिँदै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको थियो।
स्वास्थ्य चौकीले स्वास्थ्य सेवा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति, संस्था र समुदायप्रति समेत आभार प्रकट गरेको छ। कार्यक्रममा हाल कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीको सेवा प्रवाहमा निरन्तर सहयोग गर्दै आएका स्थानीयवासीको भूमिकाको प्रशंसा गरिएको थियो।
स्थापना दिवस सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय समुदाय, विभिन्न सरोकारवाला निकाय तथा शुभेच्छुकहरूप्रति स्वास्थ्य चौकी परिवारले धन्यवाद दिएको छ।
३३औँ स्थापना दिवसका अवसरमा स्वास्थ्य चौकीले आगामी दिनमा स्थानीय नागरिकलाई सहज पहुँचसहित गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, समुदायको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ ।
२ भाद्र २०८३, मंगलवार १०:०३