चौतारामा स्वादिलो खुवाको बिक्री, स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण


सुनिता रखाल,चौतारा ।
चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ११ नर्सरी चोकमा उत्पादन गरी बजारमा गुणस्तरीय र स्वादिलो खुवाको बिक्री सुरु भएपछि स्थानीय उपभोक्ताको आकर्षण बढ्दै गएको छ । शुद्ध दूधबाट परम्परागत विधिअनुसार तयार गरिएको खुवा स्वाद, गुणस्तर र ताजापनका कारण धेरैको रोजाइमा पर्न थालेको व्यवसायीले बताएका छन् ।


व्यवसायीका अनुसार खुवा दैनिक ताजा दूधबाट उत्पादन गरिने भएकाले यसको स्वाद र गुणस्तरमा विशेष ध्यान दिइएको छ । मिठाइ बनाउन, पूजा–आजा, पारिवारिक समारोह तथा विभिन्न परिकारमा प्रयोग गर्न उपयुक्त मानिने खुवाको माग पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ ।
हाल खुवा ५०० ग्राम (आधा केजी) को मूल्य ४०० रुपैयाँ तथा १ केजीको मूल्य ८०० रुपैयाँ निर्धारण गरिएको छ । उचित मूल्यमा शुद्ध उत्पादन उपलब्ध गराइएकाले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको व्यवसायीको भनाइ छ ।
स्थानीय बजारमै गुणस्तरीय दुग्धजन्य परिकार उपलब्ध हुन थालेपछि बाहिरी जिल्लाबाट ल्याइने उत्पादनमा निर्भरता पनि केही हदसम्म घट्ने अपेक्षा गरिएको छ । यसले स्थानीय दुग्ध व्यवसायी तथा किसानलाई समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।
खुवा स्वाद लिन आएका उपभोक्ताले एकपटक खाएपछि पुनः किन्ने इच्छा हुने प्रतिक्रिया दिएका छन् । “एकपटक खाएर हेर्नुहोस्, यसको स्वादले मनै लोभ्याउँछ,“ भन्ने सन्देशसहित व्यवसायीले सबैलाई शुद्ध र स्वादिलो खुवाको स्वाद लिन आग्रह गरेका छन् ।
स्थानीय उत्पादनको प्रवद्र्धनसँगै उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो पहलले चौतारा क्षेत्रमा दुग्धजन्य उत्पादनको बजार विस्तारमा समेत सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

३१ असार २०८३, बुधबार ११:४४