काभ्रेको खानीखोलामा जीप दुर्घटना, दुई जनाको मृत्यु


जनतापत्र- काभ्रे, । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी टोली तथा एम्बुलेन्स घटनास्थलमा पुगेका छन्।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।

१ भाद्र २०८३, सोमबार १३:१८