सिन्धुमा सुरु भो जरा अभियान, भष्ट्रचारीहरु एमाले भित्र नअट्ने -उपाध्यक्ष ईश्वर पोखरेल

जनतापत्र, सिन्धुपाल्चोक ।
नेकपा एमाले भित्र भष्ट्रचारीहरु अट्न नसक्ने पार्टीको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकले विहिवार जिल्ला पार्टी कार्यलय चौतारामा ३ महिने जरा अभियानको अभारम्भ गर्दै पोखरेलले सो कुरा बताएका हुन् । देशको विकासमा सरकार लागिरहेको बताउदै पोखरेलले नेतृत्वलाई कम्जोर बनाएर पार्टी बलियो नहुने समेत बताएका छन् । उनले हाल सरकारमा रहेका दुईवटा पोलिटिकल पार्टीहरुको पोल छ । सर्वहारा श्रमजीवीहरुको पोल एमाले र पुँजीपतीहरुको पोल काग्रेंस रहेको छ । तर देशमा अफ्ट्यारो पर्दा कम्युनिष्ट र काङ्ग्रेस दुई पोलहरु एकठाँउमा उभिएको समेत बताए ।
सो कार्यक्रममा केन्द्रीय सदस्य सरेश नेपाल, सुभाष कर्माचार्य सहित प्रदेश र जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो । सो कार्यक्रमवाट एमालेलाई जनतासंग जोड्ने जरा अभियान संचालन भएको छ । प्रत्येक घर घरमा पुग्ने अभियान सुरु भएको र सवै नेता तथा कार्यकर्ताहरुलाई अभियानमा लाग्न सोही कार्यक्रम मार्फत आह्वान केन्द्रीय नेताहरुले गरेका छन् ।
सो पार्टीको सिन्धुपाल्चोक अध्यक्ष होम नारायण श्रेष्ठले जिल्लाका ८ वटा स्थानीय तह र ९० वटा वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिएका छन् । वाँकी रहेकाहरु फागुनको पहिलो हप्तामा सम्पन्न गर्ने उनले जानकारी दिए । हेलम्वु र बाह्रविसे फागनु ३ गते, चौतारा साँगाचोकगढी फागुन ४ गते सम्पन्न गर्ने कार्यतालिका रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । उनले जरा अभियानलाई सफल बनाउन पार्टीपंक्तिका सवैलाई अनुरोध समेत गरेका छन् ।

२४ माघ २०८१, बिहीबार ११:५९