काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले बुधबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा तथा आराधना गरेका हुन्। पूजाका क्रममा उनले देश र जनताको हित तथा कल्याणको कामना गरेको राष्ट्रपति सचिवालयले जनाएको छ।
पूजापछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए।
२३ भाद्र २०८३, मंगलवार ११:२०