काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि सरकारले राहत सामग्री संकलन गर्ने तीन स्थान तोकेको छ।
विदेशबाट हवाईमार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। संकलित सामग्री आवश्यकताका आधारमा बाढी प्रभावित क्षेत्रमा पठाइने सरकारले जनाएको छ।
स्वदेशभित्रबाट उपलब्ध हुने राहत सामग्री भने नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ। त्यहाँ जम्मा भएका सामग्री पनि आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
राहत सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था तथा अन्य दाताले आफूलाई सहज पर्ने तोकिएको केन्द्रमा सामग्री पुर्याउन सक्नेछन्। साथै, सम्बन्धित जिल्लाका **प्रमुख जिल्ला अधिकारी (सीडीओ)**मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सकिनेछ।
राहत सामग्री बुझाउने स्थान र सम्पर्क
- राष्ट्रिय आपतकालीन गोदामघर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि): ९८४१८७९२२२ - मैथेली ब्यारेक, बट्टार, नुवाकोट
आविष्कार (नेपाली सेना): ९८५१२३४३२४ - बैरेनी ब्यारेक, धादिङ
दिलिप घले: ९८५११५४२२६
आर्थिक सहयोग गर्न चाहनेहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम योगदान गर्न सक्ने सरकारले जनाएको छ।
११ भाद्र २०८३, बिहीबार १४:०७