भोटेकोशी–त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

काठमाडौं, भदौ ११ — भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ

नेपाल प्रहरीले दिएको जानकारीअनुसार बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा गरी २७० जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ। घटनास्थलमा ४ हजार ५० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

बाढीले नदी आसपासका बस्ती, सडक तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। बेपत्ता तथा सम्पर्कविहीनको खोजी र उद्धार कार्य अझै जारी रहेको छ।

११ भाद्र २०८३, बिहीबार १४:५२