बालविवाह, बालश्रम तथा प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिका–७ मा बालविवाह, बालश्रम, यौनजन्य दुव्र्यवहार तथा प्रजनन स्वास्थ्य विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं. ७ का अध्यक्ष श्री ईश्वर तिमल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नं. ७ का विभिन्न सरोकारवाला निकाय, स्थानीय अगुवा, महिला तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रियामा बालविवाह, बालश्रम तथा यौनजन्य दुव्र्यवहार न्यूनीकरणका उपायहरू, किशोरकिशोरीको अधिकार, सुरक्षित तथा स्वस्थ जीवनशैली र प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा छलफल गरिएको थियो। सहभागीहरूले समुदायमा रहेका चुनौतीहरू तथा समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए।


कार्यक्रमले बालअधिकार संरक्षण, लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ। आयोजक संस्थाले कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ।

४ असार २०८३, बिहीबार १२:३३