जनतापत्र, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका प्रतिभावान खेलाडीहरूको खोजी तथा खेलकुदको विकास गर्ने उद्देश्यसहित “नगर कप २०८३ अन्तरवडा रनिङ कप फुटबल प्रतियोगिता” सञ्चालन हुने भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा नगरपालिकाका सबै वडाको सहभागिता रहनेछ।

मंगलबार आयोजित ट्रफी अनावरण तथा खेल तालिका सार्वजनिक कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता थापाले खेलकुदलाई स्वस्थ, अनुशासित र ऊर्जाशील समाज निर्माणको आधारका रूपमा लिनुपर्ने बताइन्। उनले स्थानीय तहले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन्। खेलाडीहरूको मनोबल उच्च राख्न परिवार, समुदाय र सम्बन्धित निकाय सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

\
नगर खेलकुद विकास समितिले प्रतियोगितालाई हरेक वर्ष नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ। लगातार तीन संस्करण जित्ने वडाले रनिङ ट्रफी स्थायी रूपमा आफ्नो नाममा राख्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगिताले स्थानीय खेलकुदको विकास, प्रतिभा पहिचान तथा वडा–वडाबीच आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
क्गलष्तब कभलत द्ध उजयतयक
२० जेष्ठ २०८३, बुधबार ०५:४१