जनतापत्र, सिन्धुपाल्चोक ।
बैशाख १३ गते साँझ करिब ७ बजे परेको आकस्मिक चट्याङका कारण चौतारामा सञ्चालित हेलम्बु एफएम पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
अचानक परेको चट्याङले रेडियो स्टेशनका प्रसारण उपकरण, विद्युत प्रणाली तथा अन्य प्राविधिक संरचनामा गम्भीर क्षति पु¥याएको जनाइएको छ । क्षतिका कारण हाल रेडियोको नियमित प्रसारण सेवा पूर्ण रूपमा अवरुद्ध भएको आईसिं तामाङले जानकारी दिएका छन् ।

रेडियो व्यवस्थापनका अनुसार क्षतिग्रस्त उपकरणहरूको मर्मत सम्भार तथा पुनःस्थापनाका लागि केही दिन समय लाग्ने भएकाले सो अवधिसम्म एफएम प्रसारण बन्द रहनेछ।
हेलम्बु एफएमले सम्पूर्ण श्रोता, विज्ञापनदाता, समाचारदाता तथा रेडियोप्रेमीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै छिटोभन्दा छिटो सेवा पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

१४ बैशाख २०८३, सोमबार ०६:१९