जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय आधारभूत तह हाजिरी जवाफ प्रतियोगिता उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।

विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धा, बौद्धिक क्षमता तथा सामान्य ज्ञानको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिता दुई केन्द्रमा सञ्चालन गरिएको थियो। नवज्योति आधारभूत विद्यालय र रामेश्वर माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवज्योति आधारभूत विद्यालय केन्द्रमा आयोजित प्रतियोगितामा कालिदेवी माध्यमिक विद्यालय प्रथम, क्यावलुङथाङ आधारभूत विद्यालय द्वितीय, भिमसेन माध्यमिक विद्यालय तृतीय तथा घ्यूलदेवी आधारभूत विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

त्यसैगरी, रामेश्वर माध्यमिक विद्यालय केन्द्रमा सम्पन्न प्रतियोगितामा रामेश्वर माध्यमिक विद्यालय प्रथम, सेलाङ माध्यमिक विद्यालय द्वितीय, जलदेवी माध्यमिक विद्यालय तृतीय तथा रत्नराज्य माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। साथै प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने सबै विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।
जुगल गाउँपालिकाले यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रममार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
४ असार २०८३, बिहीबार ११:२८