
जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–७, मेलचौरस्थित श्री ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालयले एस इ इ–२०८२ मा सहभागी भई सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
यस वर्ष विद्यालयबाट एस इ इ परीक्षामेहनत, शिक्षकहरुको निरन्तर प्रयास तथा अभिभावकहरुको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको वक्ताहरुले बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–७ का वडा अध्यक्ष डम्बर बहादुर तामाङले विद्यार्थीहरुलाई बधाई दिँदै आगामी दिनमामा सहभागी भएका ३२ जना विद्यार्थी सबै उत्तीर्ण हुन सफल भएपछि विद्यालयले विशेष कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई सम्मान गरेको हो। विद्यालयले प्राप्त गरेको शतप्रतिशत नतिजालाई विद्यालयको लागि गौरवपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। कार्यक्रममा विद्यार्थीहरुको अझ मेहनतका साथ अध्ययनलाई निरन्तरता दिन आग्रह गरे। उनले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने बताए।
त्यसैगरी विशेष अतिथि शिक्षा विद् नगेन्द्र दङ्गालले वर्तमान समयमा गुणस्तरीय शिक्षा र अनुशासनको महत्त्व झन् बढ्दै गएको बताउँदै विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गरी समाज र राष्ट्र निर्माणमा योगदान दिन प्रेरित गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दङ्गालले विद्यालयले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यलाई थप मजबुत बनाइने बताए।

कार्यक्रममा विद्यालयबाट एस इ इ उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थी तथा विषयगत शिक्षकहरुलाई सम्मान गरिएको थियो। वडा कार्यालयको तर्फबाट उत्कृष्ट विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ, उत्तीर्ण विद्यार्थीहरुलाई जनही १ हजार रुपैयाँ तथा विषयगत शिक्षकहरुलाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको जनाइएको छ। सम्मानपछि विद्यार्थीहरु उत्साहित देखिएका थिए भने अभिभावकहरुले पनि विद्यालयप्रति खुसी व्यक्त गरेका थिए।
कार्यक्रममा सामाजिक तथा शैक्षिक व्यक्तित्व, अभिभावक, बुद्धिजीवी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सो बिधालयका प्र अ पुण्यप्रसाद गजुरेलले, विद्यालयले हासिल गरेको शतप्रतिशत नतिजाले विद्यालयको शैक्षिक स्तर थप उचो बनाएको प्रतिक्रिया दिएका थिए। उनिले विद्यालय प्रशासनले आगामी वर्षमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेको थियो।
१ जेष्ठ २०८३, शुक्रबार १०:४४