/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरबहादुर तामाङले चौतारा साँगाचोकगढीमा चुनावी घरदैलो अभियान सञ्चालन गरेका छन्। सोही क्रममा एमालेका नेता तथा कार्यकर्ताले भेटघाट कार्यक्रम संगै नाचेर वजार घुमेका छन् । एमाले सम्वन्धी गितहरुमा नाचेर स्थानियहरुले समेत साथ दिएका थिए । शुक्रबार पिपलडाँडाबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम स्याउले हुदैं चौतारा र इर्खुमा भएको छ ।

घरदैलो अभियानका क्रममा तामाङले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका गुनासा र समस्या सुनेका थिए। स्थानीयवासीले विशेषगरी विकासका योजनाका साथैं जंगली जनावरका कारण कृषि बालीमा ठूलो क्षति भइरहेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।
त्यस्तै, कच्ची सडकका कारण धुलो, हिलो र फोहोरको समस्या बढेको र यसले दैनिक जीवनमा गम्भीर असर पारेको स्थानीयको गुनासो छ । अझ उनिलाई देश जलाउने विरुद्ध शसक्त ढंगवाट लाग्न अनुरोध समेत गरेका छन् ।
स्थानीयको गुनासो सुनेपछि उम्मेदवार तामाङले स्पष्ट योजनासहित घरदैलोमा पुगेको बताउँदै उठेका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै अधुरा पूर्वाधार योजनाहरू सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै उनले आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।
घरदैलो अभियानका क्रममा चौतारा साँगाचोकगढी नगरवाट प्राप्त साथ, सहयोग र समर्थनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी समेत उनले गरेका छन्।

८ फाल्गुन २०८२, शुक्रबार १७:२४