/*php the_title();*/?>

– ईश्वरी प्रसाद तिमल्सिना
प्राकृतिक साँस्कृतिक सम्पदाको छटा,
संसारकै नमूना देश हाम्रै नेपाल यौटा ।
विकसित देशले गर्ने कार्वन उत्सर्जन अति,
जलवायू परिवर्तनको असर भोग्नु कति ।
भूकम्पको विपत्तीले सिकाएको छ पाठ,
सुरक्षित आवास निर्माण आजको परिपाठ ।
सुख्खायाममा लाग्ने गर्छ वनजंगलमा आगो,
पृथ्वीका जीवआत्माको लोप हुनै लाग्यो ।
कहिले बाढी कहिले पैरौ जोखिम छ अति,
चाडपर्व नजिकिदै शोक बोक्यौ कति ।
तीन तहका सरकारको रहेको छ संघीयता,
सहकार्य, समन्वय परस्परमा सामिप्यता ।
विपद् व्यवस्थापन तीनै तहको अधिकार सूची,
तर किन पूर्व तयारीमा रहेका छौ चुकी ।
दिगो विकास पन्ध्र वर्षे सत्र वटा लक्ष्य,
उपलब्धी हासिल गर्न जुटौं सर्वपक्ष ।
आवधिक योजनाले गरेको छ सोच तय,
सुशासन, समृद्धि र सामाजिक न्याय ।
विपद् जोखिम न्यूनीकरण बुझी भित्री मर्म,
सर्वपक्षीय संयन्त्रले थालौं हातेमालो गर्न ।
बलेफी गाउँपालिका –५, सिन्धुपाल्चोक
१८ आश्विन २०८१, शुक्रबार १०:३६