मेलम्चीको झोलुङ्गे पुलबाट हाम फालेका युवकको खोजी जारी

जनतापत्र सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीस्थित झोलुङ्गे पुलबाट एक युवकले नदीमा हाम फालेका छन्।

प्राप्त जानकारीअनुसार चौतारा साँगाचोकगढी नगरपालिका निवासी विरकाजी तामाङले पुलबाट सिन्धुखोलामा हाम फालेका हुन्। उनी सिन्धुखोलामा रहेको एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए।

घटनापछि स्थानीयवासी, प्रहरी तथा सम्बन्धित निकायको सहयोगमा खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ। घटनाको कारण भने हालसम्म खुलेको छैन र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३ श्रावण २०८३, आईतवार २०:३२