जगत भण्डारीका मुक्तक

जगत भण्डारी

मुक्तक

आफू टुटे पनि सम्बन्ध कहिले नि नटुटोस्
यो शरीर छुटे पनि नाता कहिले नि नछुटोस्
बरु आफ्नु सर्वश्व नै किन नलुटोस् र यहाँ
मर्यादा अनि स्वाभिमान कहिले नि नफुटोस्

मुक्तक

भाग्यमा छँदैछैन त किन बेसी खोज्नु
पुर्पुरोमा आफ्नु जे छ किन बढी रोज्नु
बस कर्म राम्रो गर्नु छ आफू बाँचुञ्जेल
लिएर जाने केही छैन किन ज्यादा सोच्नु ?

रुबाई

वेदनाको लहर जब आफैँ छुटेपछि
यो मनको आशा जब उसै टुटेपछि
विश्वास गरौँ त कसलाई गरौँ ए हजुर ?
पराइले भन्दा पनि आफ्नैले लुटेपछि !

मुक्तक

जिन्दगी यस्तै भए पनि चल्दै जाँदैछ
रातसँगै दिन पनि त उसै ढल्दै जाँदैछ
विपना कम सपना ज्यादा देख्दोरहेछ
समयसँगै नै यो शरीर उसै गल्दै जाँदैछ !
(साहित्यपोष्टबाट)

७ आश्विन २०८१, सोमबार ११:३६