/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८२को अन्तिम दिन मेलम्ची नगरपालिकामा नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ। सञ्जालको अध्यक्षमा सञ्चमाया तामाङ चयन हुँदै १७ सदस्यीय समिति गठन भएको हो। समितिमा सचिव चण्डिका नेपाली, कोषाध्यक्ष गोमा ढकाल तथा सदस्यहरूमा अपेक्षा ढकाल, सुनिता तामाङ, सरिता चौलागाईं, कल्पना रोक्का, सम्झना गिरी, सरिता चालिसे, तोकमाया तामाङ, लक्ष्मी अर्याल, गंगा चुवान, रेनुका पुरी, कल्पना पहरीलगायत रहेका छन्। कार्यक्रममा नगर उप–प्रमुख उमा प्रधानले लैङ्गिक हिंसा रोकथाम, पीडित सहयोग र सशक्तिकरणका उपायहरूबारे जानकारी दिँदै नवगठित सञ्जालले नगरभर समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताइन्। उनले नगरपालिकाले सञ्जाललाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। मेलम्ची नगरपालिका उप–प्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, कार्यपालिका सदस्यहरू, वडा महिला सदस्य, वडा महिला सञ्जाल तथा विभिन्न वडाबाट छनोट भएर आएका महिला प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले गर्नुभएको थियो।
२५ मंसिर २०८२, बुधबार २१:१६