/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप ९पाँचौं ग्रुप० मा धमाकेदार प्रदर्शन गर्दै सिल्वर मेडल जितेर देशको नाम उज्यालो पारेका छन्। श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका प्रतिभाशाली छोरा ससाङले न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीमा छोटो प्रशिक्षणको यात्रा पार गर्दै सिधै अन्तर्राष्ट्रिय मञ्चमा विजयको झण्डा गाडेका हुन्।
२८ देशका करिब ३८ सय प्रतिस्पर्धीबीच भएको रोमाञ्चक भिडन्तमा कोच मुना मगरको मार्गदर्शनमा उत्रिएका उनले अद्भुत आत्मविश्वास र प्राविधिक कौशल प्रदर्शन गर्दै उपविजेताको स्थान सुरक्षित गरे। जितसँगै थाइल्यान्डको मञ्चमा नेपालको राष्ट्रिय झण्डा उच्च शिरसहित फहराउँदा उपस्थित सबै नेपालीको हृदय गौरवले भरिएको थियो।
३१ श्रावण २०८२, शुक्रबार १८:३०