११ वर्षीया बालिकामाथि बलात्कार गरी हत्या , दोषीलाई कडा कारबाहीको माग गर्दै महिला सञ्जालद्धरा प्रशासनलाई ध्यानाकर्षण पत्र

आइसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जिल्लाको भोटेकोशी गाउँपालिका–५ छ्याङ्गदीस्थित ११ बर्षिया बालिका निशा तामाङमाथि बलात्कार गरी हत्या भएको घटनालाई लिएर सिन्धुपाल्चोकका महिला सञ्जालद्धारा कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र पेश गरेको छ । बालिका तामाङमाथि भएको बलात्कारको घटना सार्वजनिक भएपछि जिल्लाभर आक्रोश फैलिएको छ ।
घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको नगर स्तरीय महिला सञ्जालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

गत असार १० गते राति भएको घटनालाई गम्भीर सामाजिक अपराध र मानवीय मूल्य मान्यता विपरीतको अमानवीय कार्य भएकोल भन्दै महिला सञ्जालले दोषीलाई कडा कारबाहीको माग गरेको छ। महिलासञ्जालले घटना छानबिन गर्न राज्य संयन्त्रको भूमिका कमजोर भएको भन्दै विरोध समेत जनाएको छ।

महिला सञ्जालका उपाध्यक्ष रिना श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ । बालिकाको सुरक्षामा देखिएको कमजोरी र न्याय नपाउने अवस्था दोहोरिन नदिन चेतावनी दिँदै महिला सञ्जालले दोषीलाई कडा सजाय दिनुपर्ने अडान राख्दै सरकारी निकायहरुलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

१९ असार २०८२, बिहीबार १४:४४