/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सिन्धुपाल्चोकको चौतारामा सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को पहिलो दिन चौतारा साँगाचोकगढी नगरपालिका पदक तालिकामा शीर्ष स्थानमा रहेको छ।
चैत २४ गतेबाट चौताराको टुडिखेलमा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटनको चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नु भएको हो ।
प्रतियोगिता तेक्वान्दो, एथलेटिक्स, कराते, कबड्डी, भलिबल र उसु विधाका खेलमा प्रतिस्पर्धा भैरहेको छ। प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहहरूको सहभागीता रहेका छन ।
प्रतियोगिताको पहिलो दिनको पदकमा चौतारा साँगाचोकगढी नगरपालिका ८ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै कुल १७ पदकसहित पहिलो स्थानमा पुग्न सफल भएको छ ।
बाह्रविसे गाउँपालिका ५ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो स्थानमा रहेको छ भने ३ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित जुगल गाउँपालिका तेस्रो स्थानमा रहेको छ ।
२४ चैत्र २०८१, सोमबार १५:२२