हेलम्बु गाउँपालिकामा महिला स्वास्थ्य शिविरबाट ४१४ जना लाभान्वित

जनतापत्र,हेलम्बु गाउँपालिका ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको आयोजना तथा बी.बी.पी. परिवारको सहयोगमा आयोजित दुईदिने महिला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
बैशाख २६ र २७ गते सम्पन्न शिविरमा कुल ४१४ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सर जाँच, आङ खस्ने समस्या, स्तनसम्बन्धी समस्या लगायत विभिन्न जाँच तथा उपचार सेवा प्राप्त गरेका छन्।
शिविरबाट थर्मो उपचार गरिएकाः २६ जना,आङ खस्ने समस्या पहिचानः ४५ जना, रिङ पेसरी राखिएकाः २६ जना,सर्भाइकल पोलिप देखिएकाः ३ जना र थप उपचार तथा अप्रेशनका लागि रेफर गरिएकाः ४ जना रहेको छ ।
उक्त कार्यक्रमले ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य अवस्थाबारे सचेतना फैलाउनुका साथै प्रारम्भिक चरणमै समस्याको पहिचान र उपचारमा सहयोग पु¥याएको हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश थापाले जानकारी दिनुभएको छ ।

२७ बैशाख २०८२, शनिबार १९:४०