हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, ‘नमूना गाउँपालिका’ निर्माणमा ध्यान

आइसिँ तामाङ,हेलम्बु, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ‘नमूना गाउँपालिका निर्माण’ भन्ने संकल्पसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभामा वडा नं। १ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक दावा ग्याल्जेन लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। उहाँले हेलम्बुवासीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने, सबै नागरिकलाई पहुँचयुक्त सेवा दिने र समावेशी विकास सुनिश्चित गर्ने उद्देश्यका साथ नीति तय गरिएको जानकारी दिनुभयो ।

सार्वजनिक कार्यक्रमका मुख्य बुँदाहरू :
स्वास्थ्यस् सबैका लागि सहज सेवा, जनमुखी कार्यक्रम सञ्चालन।

शिक्षा तथा सीपस् विद्यालय सुधार, सिपमूलक तालिम तथा युवामुखी लगानी।

कृषि र पशुपालनस् आत्मनिर्भर उत्पादन, आधुनिक उपकरण प्रयोगमा जोड।

पूर्वाधार र खानेपानीस् बाटो, खानेपानी, सार्वजनिक संरचना विस्तार।

डिजिटल गाउँपालिकास् सेवा प्रवाहमा प्रविधिको प्रयोग, सूचना प्रणाली सुदृढीकरण।

जलवायु र विपद् व्यवस्थापनस् वातावरण संरक्षण, विपद् पूर्वतयारी र सचेतना।

पर्यटन, खेलकुद र संस्कृतिस् स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड।

गाउँपालिकाले समावेशी विकास, पारदर्शिता र जनउत्तरदायी सेवा प्रदान गर्ने आधारमा यी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ।

१० असार २०८२, मंगलवार २०:४८