/*php the_title();*/?>
जनतापत्र हेलम्वु ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका मा करिब १९ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हेलम्बु अस्पताल सञ्चालनमा आएको छ।
अस्पताल सञ्चालनमा आएसँगै स्थानीयवासीले अब आकस्मिक सेवा, मातृ–शिशु स्वास्थ्य सेवा लगायतका आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँपालिकाभित्रै पाउन थालेका छन्। यसअघि सामान्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेका स्थानीयलाई अब ठूलो राहत मिल्ने विश्वास गरिएको छ।
नयाँ अस्पतालले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समयमै उपचार उपलब्ध गराउने अपेक्षा गरिएको छ। स्थानीय तहले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माणसँगै सेवा विस्तारमा जोड दिएको जनाएको छ।
स्थानीय बासिन्दाले अस्पताल सञ्चालनलाई सकारात्मक रूपमा लिँदै यसले स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बन्ने आशा व्यक्त गरेका छन्।
९ चैत्र २०८२, सोमबार ११:१०