/*php the_title();*/?>


जनतापत्र,हेलम्बु सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेकपा एमालेले तीजलाई अवसर बनाई विशेष कार्यक्रम आयोजना गरेको छ। बिहीबार चनौटामा भएको उक्त कार्यक्रममा दर खाने, शुभकामना आदान–प्रदान गर्ने र सांस्कृतिक प्रस्तुति गरिएको थियो।कार्यक्रम पालिका कमिटीकी सदस्य शान्ति लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो। नेकपा ९एमाले० वाग्मती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विभिन्न नेतृ–नेताहरूको उपस्थिति रहेको थियो।सम्बोधन गर्ने क्रममा नेतृहरूले तीजलाई विकृति मुक्त बनाउनुपर्ने, यसलाई संस्कृतिको जगेर्ना र सामाजिक एकता अभिवृद्धिको पर्वका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। साथै महिलामाथि हुने हिंसा विरुद्ध समाज सचेत हुनुपर्नेमा जोड दिइयो।त्यसैगरी, मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले तीजले महिला सशक्तिकरण र आपसी सद्भाव बढाउनेमा जोड दिँदै यसलाई सामाजिक परिवर्तनको आधार बनाउनुपर्ने विचार प्रस्तुत गर्नुभयो।कार्यक्रमकै अवसरमा गोमा खड्काको अध्यक्षतामा २० सदस्यीय पालिका स्तरीय अनेमसङ्घ गठन गरिएको छ। जसमा विनिता भण्डारी उपाध्यक्ष, तारा बस्नेत सचिव र मीना आचार्य उपसचिवमा चयन भएका छन्।
५ भाद्र २०८२, बिहीबार २०:२५