/*php the_title();*/?>
जनतापत्र। सिन्धुपाल्चोक ।
चौतारा सागाँचोकगढी नगरपालिका वडा नं ११ ले हरियो घाँसलाई साइलेज गर्ने व्यवस्था सुरु गरेको छ । वर्षामा हरियो रहने घाँसलाई सुख्खा मौसममा पनि हरियो नै रहने गरि मेसिनले मसिनो बनाएर साइलेज गरी प्याकिङ गरेर हिउँदमा पनि पशुपालनका लागि सहज होस भन्ने हेतुले यो मेसिन खरिद गरेको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रोशन राज गिरीले जानकारी दिए ।
यस्तो गर्दा घाँस भण्डारण गर्न पनि सजिलो र पछि सम्म हरियो नै बस्ने भएका कारण यो व्यवस्था गरेको उनले बताए । यो नितान्त वडाका कार्यक्रम हो । किसानलाई गाउँबाट विस्थापित हुनबाट रोक्नका लागि र किसानलाई हौसला दिनका लागि यो काम गरेको बताए । अहिलेको समयमा बाँदर, वँदेल र अन्य वन्य जन्तुले खेती गर्न नदिने र खेतीमा भएका घाँसहरू पनि अहिले नै खेर जाने भएकाले मानिसहरू विस्थापित हुने गरेको छ । त्यही कारणले गर्दा किसानहरूको हितका लागि आफ्नो वडाबाट कोही पनि विस्थापित नहोस् भन्ने हेतुले यो मेसिनको व्यवस्था गरेको बताए । यस्तो व्यवस्था गर्दा पशुपालनमा पनि विकास गर्न र वडाबाट दुध र मासु निर्यात गर्न सके आम्दानीका साथै रोजगार पनि प्राप्त हुन्छ । नागरिकका लागि नजिकको सरकार भनेको वडा नै हो, वडाले सामान्य कुरामा प्रोत्साहन गरेभने यहाँका मानिसले राहत हुने र काम गर्न सहज हुने गरि गरिएको गिरीले बताएका छन् ।
मेसिन खरिद गर्दा १० लाख परेको छ, वजारमा भर्खरै आएको हुनाले महङ्गो परेको हो घाँसलाई साइलेज गर्न यही वडाबाट मात्र नभएर अन्य ठाउँबाट ल्योयो भने पनि प्याकिङ प्लास्टिकको मात्र केहि रकम लिएर सुविधा दिने कुरा भएको छ । अवका दिनमा घाँस खेर जाने र हरियो घाँस लाई साईलेज गरि प्याकिङ गरि स्टोर गर्ने र पशु पालनलाई प्रोत्साहन गरि किसानलाई सहज रुपमा व्यवस्था मिलाउने कुरा रहेको छ ।
यसै गरि वडाले आफ्नो वडा भरी जङ्गल वा खालि ठाउँमा वर्षा याममा परेको पानी संकलन गर्ने पोखरि, झरेको पात संकलन गरि मल वनाउने, वडा कार्यालय वरिपरि रहेको खालि जमिनमा फलफुलको विरुवा लगाउने वन्य जन्तुले दुख नदियोस भनि पिलर वनाएर काँडेतार र पिलरको व्यवस्था गरि वालिको वरिपरि वार्ने काम गरिएको थियो । शान्ती सेवा गृहको सहकार्यमा वृद्ध वृद्धा र वच्चाको स्वास्थ्य जाच गरीएको र लिटोको पिठो बाड्ने काम भएको थियो । नगरभरि लागु हुनेगरी पाडा सापटी अनुदान कार्यविधि बनाएको र सापटी कार्यक्रम चलाएर वडावासीलाई भैँसी, गाई र बाख्रा दिइएको छ । पशुपालनमा वडाले दिएको ऋण किसानले तीन वर्षपछि फिर्ता गर्नुपर्ने छ । यतिबेला ११ नम्बर वडामा सञ्चालन भएका नयाँ काम र प्रविधिको अवलोकन गर्न अन्य स्थानीय तहका जनप्रतिनिधि र अन्य संघ सस्थाका प्रतिनिधिहरु नर्सरी पानीचौर आइरहेका छन् ।
२६ भाद्र २०८१, बुधबार ०१:०८