स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुले गरे भागबन्डा


जनतापत्र, चौतारा ।
कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनमा गठबन्
धन गर्ने भएका छन् ।
यही चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि सिन्धुपाल्चोकमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच गठबन्धन गर्ने सहमति भएको हो ।
सिन्धुपाल्चोकमा १२ वटा क्याम्पस छन् जसमध्ये ६–६ वटामा नेतृत्व लिनेगरी सहमति भएको छ । सभापति लिएको संगठनले सहसचिव र सचिव र कोषाध्यक्ष लिएको संगठनले उपाध्यक्षमा उम्मेदवारी दिने दुई संगठनबीच सहमति भएको हो ।

२६ फाल्गुन २०८१, सोमबार १२:४१