स्थानीय तहको विवाद, स्थानीय तहमै निरूपण भन्ने न्यायिक पहुँचसम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा

जनतापत्र,चौतारा ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा मेलमिलाप कर्ताहरूलाई लक्षित गरी न्यायिक पहुँचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा प्रधानले मेलमिलापलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मेलमिलापकर्तालाई सक्रिय र जनसेवामुखी बन्न आग्रह गर्नुभएको थियो ।
स्थानीय तहको विवाद, स्थानीय तहमै निरूपण, हाम्रो अभियान“ भन्ने मुल नाराका साथ उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकामा आफू कार्यरत रहँदा नमुना न्यायिक समिति, उत्कृष्ट मेलमिलाप केन्द्र र उत्कृष्ट मेलमिलापकर्ता निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय विवादहरूलाई स्थानीय तहमै सहज, शीघ्र र निष्पक्ष रूपमा समाधान गर्न मेलमिलापकर्ताहरूको भूमिकालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

१५ बैशाख २०८२, सोमबार २०:१५