/*php the_title();*/?>


आइसिँ तामाङ,सिन्धुपाल्चोक ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले गाउँमा उत्पादन हुने सामग्रीलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ। पाँचपोखरी थाङपाल गाउँपालिकाको आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा बोल्दै उहाँले कोदोको रक्सी, दही, मोही र स्थानीय तरकारीजस्ता वस्तुहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
त्यस अवसरमा तामाङले मेलम्ची खानेपानी आयोजनाबाट छुट्याइएको बजेट प्रयोग गरी मेलम्ची–भोताङ तथा मेलम्ची–फट्टे–बाँसखर्क–बरुवा सडकको बहुवर्षीय ठेक्कामार्फत स्तरोन्नति गराउन पहल गरिने प्रतिबद्धता पनि जनाउनुभयो। उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र संघसंस्थाका व्यक्तिहरूले समेत आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।
एमाले बागमती प्रदेश सदस्य देविन्द्र खत्री, कांग्रेसका प्रकाश बस्नेत, माओवादी केन्द्रका दिलबहादुर वाइबा, राप्रपाका देवराज गुरुङ लगायत सहभागी थिए। कार्यक्रमबारे सहभागी निर्मल बन्जाराले जानकारी दिनुभएको हो।
५ असार २०८२, बिहीबार १९:०३