/*php the_title();*/?>


डा। निशा खड्का
नेपालमा सौन्दर्यात्मक दन्तचिकित्सा हाल तीव्र गतिमा विकास भइरहेको छ। प्रविधिको प्रगति, रोगीहरूको बढ्दो सचेतना र सौन्दर्यात्मक उपचारहरूको मागका कारण दन्तचिकित्सा क्षेत्रमा नयाँ उचाइमा पुगेको छ।यो दन्तचिकित्साको एक विशेष शाखा हो जसमा दन्तहरूको रूप, आकार र रंग सुधार गर्ने काम गरिन्छ। यसले दाँतहरूलाई राम्रो देखिने बनाउनको लागि विभिन्न प्रक्रियाहरू जस्तै दन्त ब्लीचिंग, क्राउन, भेनियरहरू, इत्यादि समावेश गर्दछ। सौन्दर्य दन्तचिकित्साले व्यक्ति को मुस्कानलाई आकर्षक र प्राकृतिक बनाउन मद्दत गर्दछ।
सौन्दर्य दन्तचिकित्साका प्रमुख अङ्गहरू
१ दन्त ब्लिचिङ
दाँतहरूको प्राकृतिक रंगलाई उज्यालो बनाउने प्रक्रिया हो। दन्त ब्लीचिंगका विभिन्न एजेन्टहरू दाँतहरूको रंग सुधार्न र मुस्कानलाई आकर्षक बनाउनका लागि उपयोगी हुन्छन्। यद्यपि, यी एजेन्टहरूको प्रयोग सावधानीपूर्वक गर्नु महत्त्वपूर्ण छ, र दाँत चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। अत्यधिक प्रयोगले दाँतको इनेमलमा क्षति पुर्याउन सक्छ, त्यसैले यसको उचित प्रयोग र निगरानी आवश्यक छ।
२ दन्त क्राउन
दाँतहरूको प्राकृतिक रंगलाई उज्यालो बनाउने प्रक्रिया हो। दन्त ब्लीचिंगका विभिन्न एजेन्टहरू दाँतहरूको रंग सुधार्न र मुस्कानलाई आकर्षक बनाउनका लागि उपयोगी हुन्छन्। यद्यपि, यी एजेन्टहरूको प्रयोग सावधानीपूर्वक गर्नु महत्त्वपूर्ण छ, र दाँत चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। अत्यधिक प्रयोगले दाँतको इनेमलमा क्षति पुर्याउन सक्छ, त्यसैले यसको उचित प्रयोग र निगरानी आवश्यक छ।
३ दन्त भेनियर
दन्त वेनियर्स अत्यन्त पातला, दाँतको रंगसँग मेल खाने आवरणहरू हुन् जुन दाँतको अगाडिको सतहमा लगाइन्छ। यी आवरणहरू प्रायः पोर्सिलेन वा कम्पोजिट रेजिन सामग्रीबाट बनाइन्छ।
४ इम्प्लान्ट
गुमेका दाँतहरूलाई स्थानापन्न गर्न प्रयोग गरिने एक स्थायी समाधान हो। यसमा धातुको स्क्रू जस्तै इम्प्लान्ट राखिन्छ जसले नयाँ दाँतलाई समर्थन गर्दछ।यसले दाँतको जरा को रूपमा कार्य गर्ने टाइटेनियमका स्क्रूलाई जब्डो हड्डीमा सर्जिकल रूपमा राखेर, त्यसमा कृत्रिम दाँत ९अचयधल० जडान गर्ने प्रक्रिया समावेश गर्दछ।
दन्त इम्प्लान्टका प्रमुख प्रयोगहरू ( एकल दाँतको प्रतिस्थापन,धेरै दाँतहरूको प्रतिस्थापन,पूर्ण दाँतहरूको प्रतिस्थापन
५। इन्भिजलाइन
इंविसलाइन एक आधुनिक दन्त उपचार विधि हो जसले पारदर्शी, हटाउन मिल्ने प्लास्टिकका ट्रेहरू प्रयोग गरेर दाँतलाई क्रमशः सिधा बनाउँछ। यसले पारंपरिक धातुका ब्रेसेसको सट्टा एक सुविधाजनक र सौन्दर्यपूर्ण विकल्प प्रदान गर्दछ।
६। दन्त संरचना र आकारको सुधार
दन्त रेशेपिङ र कण्टोरिङ एक प्रकारको सौन्दर्यजन्य दन्त उपचार हो जसले दाँतको आकार, लम्बाइ, र संरचनामा साना परिवर्तनहरू गरेर मुस्कानलाई आकर्षक बनाउँछ।
७। गीजा कण्टुरिङ
गीजा कण्टोरिङ एक सौन्दर्यजन्य दन्त उपचार हो जसले गीजाको रेखा ९नगm ष्लिभ० लाई आकार दिन्छ र समायोजन गर्छ, जसले गर्दा मुस्कानलाई आकर्षक र सन्तुलित बनाउँछ।
८। दन्त रंग मिलाउने
दाँतहरूको रंगलाई व्यक्तिको प्राकृतिक रंगसँग मेल खाने बनाइन्छ ताकि मुस्कान अझै प्राकृतिक र सौम्य देखिन्छ। दन्त रङ मिलाउनेका फाइदाहरू (प्राकृतिक देखावटस् सही रङ मिलाउँदा दाँतको पुनःस्थापना प्राकृतिक र आकर्षक देखिन्छ। रोग प्रतिरोधात्मकतास् सही रङ मिलाउँदा दाँतको सफाइ सजिलो हुन्छ र गम रोगको जोखिम कम हुन्छ। आत्मविश्वासमा वृद्धिस् सन्तुलित मुस्कानले व्यक्तिको आत्मविश्वासमा वृद्धि गर्न सक्छ।
एस्थेटिक डेन्टिस्ट्रीले व्यक्तिको आत्मविश्वास र सामाजिक छवि सुधार्न महत्त्वपूर्ण भूमिका खेल्दछ। तर, यसका साथ नैतिक जिम्मेवारी र बिरामीको स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ। दन्त चिकित्सकहरूले प्रविधिको प्रयोग गर्दा बिरामीको भलाइ र स्वास्थ्यमाथि ध्यान दिनुपर्छ।
यसरी, एस्थेटिक डेन्टिस्ट्रीले सौन्दर्य र स्वास्थ्यको सन्तुलन कायम गर्दै व्यक्तिको मुस्कानलाई स्वाभाविक र आकर्षक बनाउन मद्दत पुर्याउँछ। (स्वास्थ्य खबरबाट साभार)
११ असार २०८२, बुधबार १४:३१