सेलाङ मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम


जनतापत्र, जुगल ।
सेलाङ मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ ।
सेलाङ माध्यामिक विद्यालय सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुन सफल भएको हो । कुल ४० वटा खेलको प्रतिस्पर्धामा १२ स्वर्णसहित सेलाङ प्रथम स्थान हासिल गरेको छ ।
सेलाङले ५ वटा रजत र २ वटा कास्य पलक पाउँदा ८ स्वर्ण , २ रजत र ६ कास्य पदक सहित रामेश्वर मावि दोस्रो भएको छ ।
कालिदेवि मावि ७ स्वर्ण , २ रजत र ६ कास्य पदक सहित गाउँपालीकाको तेस्रो भएको जुगल गाउँपालिकाका प्रशासकीय प्रमुख लोकबहादुर विकले जानकारी दिनुभएको छ ।
प्रतियोगिता मंसिर १३ र १४ गते जुगल १, सेलाङको मानेडाँडामा भएको थियो ।

१६ मंसिर २०८१, आईतवार १२:३६