/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ। तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस आयोजनामा हालसम्म करिब ६७ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजना पक्षले जनाएको छ। सूर्यविनायक–धुलिखेल खण्डलाई दुई लेनबाट छ लेनमा स्तरोन्नति गर्ने लक्ष्यसहित काम भइरहेको हो। सडक विस्तारअन्तर्गत मुख्य लेनसँगै दायाँबायाँ सर्भिस लेन र २।५ मिटर चौडाइको फुटपाथ निर्माण कार्य पनि जारी छ। निर्धारित समयमै काम सम्पन्न गर्न नसकिएपछि आयोजनाको म्याद गत मङ्सिर अन्तिम साता एक वर्षका लागि थप गरिएको थियो।

आयोजनालाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ—सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म। सूर्यविनायक–साँगा खण्ड ९७।५ किलोमिटर० विस्तारका लागि करिब ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। उक्त खण्डको म्याद पनि गत पुसमा सकिएपछि थपिएको छ। हाल सडकको दायाँबायाँ टेवा पर्खाल निर्माण, नाली खन्ने तथा कल्भर्ट राख्ने काम भइरहेको छ। विशेषगरी साँगा क्षेत्रको भौगोलिक जटिलता—ठूलो घुम्ती र भिर—का कारण निर्माण कार्यमा केही चुनौती देखिएको छ। यस खण्डमा पर्ने तीनमध्ये महादेव खोलामा पुल निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको छोटो दूरीको नाका तातोपानी सञ्चालनमा आएपछि यस राजमार्गमा सवारी चाप उल्लेखनीय रूपमा बढेको छ। हाल कोटेश्वरबाट दैनिक दुई हजार पाँच सयभन्दा बढी लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुँदै आएका छन्,
९ चैत्र २०८२, सोमबार ११:३३