/*php the_title();*/?>


आइसिँ तामाङ ,चौतारा सिन्धुपाल्चोक ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा–रत्नमा मूल्य अभिवृद्धि कर (ख्ब्त्) लगाउने निर्णय गरेपछि सिन्धुपाल्चोकका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघ ले सरकारको निर्णयको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सोही क्रममा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलायमा धर्न समेत बसेर जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुजाएको छ ।
जेठ २७ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत जेठ २९–३० गते व्यवसायले बन्द गरिने भएको छ।
संघले चारबुँदे माग राखेको समेत राखेको छ, जसमा लागू गरिएको नयाँ कर फिर्ता लिनु, दीर्घकालीन नीति निर्माण गर्नु, कर परिवर्तनअघि प्रभावको अध्ययन गर्नु र निर्यात हुने गहनामा लाग्दै आएको २.५ प्रतिशत टीडीएस हटाउनुपर्ने उल्लेख छ।
सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघले सरकार समक्ष चारवटा प्रमुख मागहरू राखेको छः
सुनचाँदीको दीर्घकालीन कारोबार प्रवद्र्धन गर्न विशेष नीति, नियम र कानुनको निर्माण गरिनुपर्ने । कर संरचना परिवर्तन गर्नु अघि यसको व्यापक अध्ययन गरी दीर्घकालीन असरको मूल्यांकन गरिनुपर्ने, सुनचाँदी व्यवसायी संघले माग राखेका छन । संघले सरकारले मागहरू सम्बोधन नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
३० जेष्ठ २०८२, बिहीबार १७:११