/*php the_title();*/?>


सुनिता रखाल, सुनकोसी ।
सुनकोशी गाउँपालिका–६, पाटिडाडामा ताराचक्र अक्षयकोषको सहयोगमा विशेष कार्यक्रम सम्पन्न भएको छ। वडाध्यक्ष चक्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतीक्षालय उद्घाटनसँगै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट किसान, उत्कृष्ट उपभोक्ता समिति, स्वास्थ्य स्वयंसेविका, विद्यालय सहयोगी, कर्मचारी, शिक्षक, पालिकाका सम्पूर्ण वडाध्यक्ष, सहयोगी संस्था, सामाजिक व्यक्तित्व तथा योगदान पु¥याउनेलाई सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तै, एसईई तथा प्लस टूमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको हो। प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले वडा नम्बर ६ का अध्यक्ष बस्नेतले निस्वार्थ भावनाले गरेका कामको प्रशंसा गर्दै, “ सबै वडाध्यक्षहरूले यसरी नै जिम्मेवारीपूर्वक काम गर्ने हो भने गाउँपालिका छिट्टै समृद्धितर्फ अघि बढ्ने भन्ने धारणा राख्नु भएको छ ।
समापन मन्तव्य दिँदै वडाध्यक्ष बस्नेतले सामाजिक काम गर्नका लागि दलको कार्यकर्ता हुनुपर्दैन भन्दै, सबैलाई एकताबद्ध भएर गाउँको विकासमा हातेमालो गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
२१ भाद्र २०८२, शनिबार १८:३३