/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
वर्षाले क्षती भएका घर निर्माणका लागि सुनकोशीले ३ लाख सहयोग गर्ने भएको छ ।
गत असोज १२ गते परेको अविरल वर्षाले आवास गुमाएकाहरुलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आवास निर्माणका लागि ३ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकले पुर्ण रुपमा घर क्षती भएकाहरुलाई नयाँ घर निर्माणका लागि गाउँपालिकाले यो सहयोग गर्ने निर्णय गरेको हो ।
वर्षाको कारण घर को आँगन लगायत अन्य संरचना आशीक रुपमा क्षती भएकाहरुलाई पनि सहयोग गर्ने निर्णय गरेको छ । आशीक क्षती भएकाहरुलाई ३० हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
वर्षाले अवरुद्ध भएका अधिकाशं सडकहरु अहिले मर्मत सम्भार सुरु गरीसकेको र केही दिन भित्रै सबै वडाका सडकहरु मर्मत गरेर यातायातका साधानहरु सञ्चालन भइसक्ने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
१५ आश्विन २०८१, मंगलवार १२:३२