/*php the_title();*/?>
जनतापत्र, सुनकोशी ।
सुनकोशी गाउँपालिकामा जैविक विविधता दिवस मनाइएको छ । तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस सुनकोशी गाउँपालिका वडा नम्वर २ स्थित पिङडाँडामा मनाइएको हो । सामुदायीक बीउ बैकले स्वस्थ्य जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता शीर्षकमा माध्यमिक तह स्तरीय बतृत्वकला प्रतियोगिता गर्दै दिवस उक्त दिवस मनाईएको हो । सुनकोशी गाउँपालिकाको सहयोग तथा पिङडाँडा साना किसान कृषि सहकारी संस्थाको समन्वयमा पालिका भित्रका माध्यमिक तह स्तरीय प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा जाल्पा माविकी विनु तिमल्सिना प्रथम, ठोकर्पा माविका राजन जि.सी. द्धितिय, गणेश माविका राम खड्का तृतीय र भूमेश्वरी माविकी गंगा खड्काले सान्वना भएका छन् ।
प्रतियोगितामा बाघभैरव माविकी दीपा पहरी, महेन्द्रोदय माविका सुभाष तामाङ र जनजागृति माविकी नम्रता पराजुलीले सहभागिता जनाएका हुन् । पिङडाँडा सामुदायिक बीउ बैकले स्थानीय बीउ संरक्षणमा काम गरिरहेको छ । संस्थाले हरेक वर्ष स्थानीय रैथाने बीउ संरक्षण, प्रदर्शनी र पर्यावरण संरक्षणमा विविध कार्यक्रम गर्दै आएको छ ।
जलवायु परिवर्तनले पर्यावरण संरक्षण अहिलेको चूनौ
ती रहेको गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले विभिन्न प्रकारका रैथाने वाली संरक्षणमा पिङडाँडा बीउ बैकको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सुनकोशी वडा नंमवर २ का अध्यक्ष पूर्ण बहादुर महत र सामुदायिक बीउ बैकका अध्यक्ष हिमबहादुर आचार्यले बीउ बैकको आवश्यकता र महत्व बारे जानकारि गराउनुभयो ।
७ माघ २०८१, सोमबार १२:४६