सुनकोशी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान

जनतापत्र,सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिका ले शैक्षिक सत्र २०८१ मा कक्षा ८, १० र १२ को नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गरेको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा सरोकारवालाहरूको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथिले गुणस्तरीय शिक्षा विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले यस्ता सम्मान कार्यक्रमले प्रतिस्पर्धात्मक भावना बढाउने र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। सम्मानितमध्ये कालिका माध्यमिक विद्यालय का विद्यार्थीलाई उत्कृष्ट उपलब्धिका लागि प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्रमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गरिएको छ। कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

२२ चैत्र २०८२, आईतवार १९:५९