सुकुटेमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता

टिका सुवेदी, सिन्धुपाल्चोक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुकुटे बिच भलिबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
सो कार्यक्रममा वोल्दै दाहालले सुकुटे क्षेत्रलाई पर्यटन प्रबद्र्धनमा यहाँ आयोजित राष्ट्रिय बिच भलिबल प्रतियोगिताले सहयोग पुर्याउने बताएका छन् । ७ औं महिलातथा ८औं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको मंगलबार सुकुटेमा उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सुकुटेसंगै , जुगल हिमाल लगायत यँहाको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सांसद माधव सापकोटा, प्रदेश सांसद सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसादतिमल्सिना , सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिहं थापा लगायतले यस प्रतियोगिताले सुकुटे लगायत सिन्धुपाल्चोकको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने धरणा राखे । प्रतियोगितामा ६ प्रदेश , ३ बिभागिय सहित ३६ टिम सहभागी रहेको अन्जन खड्काले जनाएका छन् । प्रतियोगिता माघ ५ गते सम्म चल्ने छ । साथमा सास्कृतिक कार्यक्रम पनि हुने आयोजकले बताएको छ ।

१ माघ २०८१, मंगलवार १२:५९