/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिमेन्टको मूल्य सरकारकै मिलेमतोमा बढाइएको सत्तारुढ दलका सांसदहरुले आरोप लगाएका छन् ।
उद्योगीहरूले सरकारसँग मिलोमतो गरेर सिमेन्टको मूल्य बढाएको र सरकारले मूल्य नियन्त्रणमा उदासिनता देखाएको उनिहरुले बताएका हुन् ।
सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य दोब्बर बढाएको भन्दै सत्तारुढ दल एमाले र कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरूले सिमेन्टको मूल्य दोब्बरले बढाएर
उपभोक्तालाई मारमा पारेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सांसदले सिमेन्टको मूल्य शतप्रतिशत बढ्दा सरकारले आँखा नदेखे पनि आफूहरू चुप लाग्न नहुने बताए ।
८ माघ २०८१, मंगलवार १२:३२