/*php the_title();*/?>


सुनिता रखाल चौतारा ।
सीप सिकौं आत्मनिर्भर बनौं भन्ने मुल नाराका साथ गरिबी निबरणका लागि महिला लघु उधम बिकास कार्यक्रमको सात दिने सिमेन्टको गमला बनाउने तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि चौतारा सागाचोकगढि नगरपालिकाकी उप–प्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख थापाले सात दिने सिमेन्टको गमला बनाउने तालिम सिकेर आफ्नो आएआर्जन गर्न सक्ने गरी सहभागि हुन आग्रह गर्नुभएको थियो । माटोको गमला छिटै फुट्ने भएकोले सिमेन्टको बनाउदा पछि सम्म रहने भएकोले यो तालिम राम्रो रहेको बताउनु भयो ।
कार्यक्रममा चौतारा सागाचोकगढि नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालय चौताराको प्रमुख, लगायतको उपथितिमा, चौतारा सागाचोकगढि नगरपालिका वडा नम्वर ५ को सहआयोजना, उद्योग तथा वाणिज्य कार्यालय चौताराका आर्थिक सहयोग तथा जिल्ला लघुउद्यमी संघ सिन्धुपाल्चोकको आयोजनामा भएको थियो ।
कार्यक्रम गरिबी निबरणका लागि महिला लघु उधम बिकास कार्यक्रमका अध्यक्ष सानुमाया गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।

१२ चैत्र २०८१, बुधबार ०४:४२