/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा रहेको उक्त क्याम्पसको मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सिन्धु भ्याली क्याम्पसलाई यो स्थान सम्म ल्याउन अहोरात्र खट्नुहुने सबैलाई कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले धन्यवाद दिनुभयो ।
क्याम्पस संचालनमा नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेको भन्दै कार्यविधि नहुँदा पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नपाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले मेलम्ची नगरपालिका भित्र रहेका दुई वटा क्याम्पस नगरपालिकाको नमुना क्याम्पस बनाउनको लागि बराबरी बजेट बिनियोजन गरेको बताउँदै प्रधानले क्याम्पस लाई जग्गा उपलब्ध गराउन स्थानिय सरकारको नियमले नदिने भएकाले जग्गा ब्यबस्थापन भैसकेपछी भवन निर्माण जस्ता कुरामा आगामी बर्षबाट बजेट बिनियोजन गर्ने जानकारी दिनुभएको छ ।
क्याम्पस अगाडी बढाउन संचालक समितिको महत्त्वपूर्ण भुमिका रहने भएकाले साधारण सभा बाट सर्वसंवत रुपमा सक्षम नेतृत्व चयन गर्न उप्रप्रमुख प्रधानले अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा इन्द्रावती बहुमुखि क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण मुरारी चौलागाईं, २का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा वडा नम्बर ३का अध्यक्ष कुमार बञ्जरा लगाएत विभिन्न राजनितिकि दलका प्रतिनिधि,सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामशरण चौलागाईंको अध्यक्षतामा कार्यक्रम भएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी महेश खतिवडा,प्राध्यापक तथा कर्मचारीको तर्फबाट धनबहादुर कार्की,आजिवन तथा सञ्चालक समितिको तर्फबाट जेष्ठ सदस्य जीवनलाल शर्मा पौडेल,सञ्चालक समितिको तर्फबाट संस्थापक अध्यक्ष होमकान्त चौलागाईंलाई सम्मान गरिएको थियो ।
क्याम्पस प्रमुख ठाकुरराम चौलागाईंले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२५ कार्तिक २०८१, आईतवार १४:०३