सिन्धुपाल्चोक हुँदै अवैध भेप आयात, ७५ लाख बराबरको समानसहित तीन जना पक्राउ

जनतापत्र, सिन्धुपाल्चोक ।
प्रहरीले करिब ७५ लाख रुपैयाँ मूल्य बराबरको इलेक्ट्रोनिक चुरोट(भेप०)बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। भन्सार छली चीनबाट भित्र्याइएको भेप सिन्धुपाल्चोक नाकामार्फत नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा काठमाडौँको चमतीस्थित भाडाको घरबाट ३ हजार ८ सय थान भेप बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–का ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बु थुलुङ गाउँपालिका–४ का कृष्णबहादुर गुरुङ रहेका छन्। अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामध्ये निमा छिरिङले भाडामा लिएको कोठाबाट उक्त भेप फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले पटक–पटक सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै भेप ल्याएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका तिनै जना भरिया ९सामान बोकेर ल्याउने०का रूपमा संलग्न रहेका थिए।

१६ भाद्र २०८२, सोमबार १४:५२