/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ र २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई अघि सारेको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माधव सापकोटा र निर्वाचन क्षेत्र नम्बर २ बाट युवराज दुलाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका माधव सापकोटा यसअघि प्रतिनिधिसभा सदस्य भइसकेका नेता हुन्। उहाँले संसदमा स्थानीय तहका समस्या, विकास निर्माण तथा जनजीविकासँग जोडिएका विषयलाई निरन्तर उठाउँदै आएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसहमत रूपमा सिफारिस भएका युवराज दुलाल हाल बागमती प्रदेशसभा सदस्यसमेत हुन्।

सामाजिक विकास तथा भौतिक पूर्वाधार विकास मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने क्रममा उहाँले शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम गरेका छन्। योजनाबद्ध विकास र प्रदेश सडक गुरुयोजनाजस्ता कार्यक्रममार्फत उनी विकासप्रेमी नेताका रूपमा स्थापित हुँदै आएका छन्।
पार्टीका अनुसार सापकोटा र दुलाल दुवै युवा, ऊर्जाशील र संगठनप्रति प्रतिबद्ध नेता हुन्। उनीहरूको नेतृत्वले सिन्धुपाल्चोकको समग्र विकास, सुशासन र जनमुखी राजनीतिलाई थप मजबुत बनाउने विश्वास पार्टीले व्यक्त गरेको छ।
१० पुष २०८२, बिहीबार १८:४०