/*php the_title();*/?>


जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्ला कमिटि नेवा देय दबुको पहिलो बैठक हेलम्बु –३ पाल्चोकमा मंगलबार सम्पन्न भएको छ।
११ वटा प्रस्तावमा उपर छलफल गरी महत्त्व निर्णयको वैठक सम्पन्न गरिएको जिल्ला कार्यसमिति सचिव बुद्धनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।
राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेवा देय दबु केन्द्रिय सचीव हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्य , नेवा देय दबु बागमती प्रदेश सदस्य रामगोपाल श्रेष्ठ , राष्ट्रिय परिषद सदस्य रामशरण श्रेष्ठ ,महाधिवेशन प्रतिनिधि अमृतकुमार श्रेष्ठ ,नएकलाल श्रेष्ठ लगाएत जिल्ला कमिटिको पदाधिकारीहरु तथा महिला नेतृ जिल्ला सचिव रिना श्रेष्ठ लगायतको उपस्थितमा सो बैठक सम्पन्न भएको छ ।
नेवा देय दबु हेलम्बु गाउँपालिकका कमिटी र भिमेश्वार नेवा गुठी पाल्चोक परिवारले नेवारी संस्कृतिको प्रबद्र्धन सहित सम्पुर्णलाई स्वागत गर्दै बैठकलाइ समपन्न गराएको छ ।
२५ चैत्र २०८१, मंगलवार १८:३५