/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ को श्रावणदेखि हालसम्मको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा नगर उपप्रमुख सीता थापाले सामाजिक सुरक्षा, पञ्जीकरण, सहकारी, राजश्व संकलन, वित्तीय प्रगति, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, विपद् व्यवस्थापन, उद्यम विकास, सूचना प्रविधि र भौतिक पूर्वाधार क्षेत्रका तथ्य राखिन्। सामाजिक सुरक्षा योजनामा १४ वडाका लाभग्राहीले नियमित रूपमा भत्ता पाएका छन् र १२२ जना नयाँ लाभग्राही दर्ता भएका छन्। पञ्जीकरणतर्फ जन्म, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद र मृत्यु गरी ८८० घटना अनलाइन दर्ता भएका छन्। सहकारी क्षेत्रमा ४५ सहकारी कोपोमिस प्रणालीमा आबद्ध छन् र चालू वर्षमा १४ सहकारी सूचीकरण भएको छ।

राजश्वतर्फ इन्द्रावती र सुनकोशी नदीका दहत्तर–बहत्तर ठेक्का तथा अन्य आन्तरिक स्रोतबाट हालसम्म ६ करोड ७९ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ। वित्तीय प्रगतिमा कुल विनियोजित बजेटको २८।३९ प्रतिशत खर्च भएको उल्लेख गरिएको छ। नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नागरिकसँग प्रत्यक्ष सम्बन्धित सेवालाई प्राथमिकता दिइएको र वित्तीय अनुशासन तथा प्रविधिमैत्री प्रशासनलाई अझ प्रभावकारी बनाइने बताए।
२९ पुष २०८२, मंगलवार २२:०२