/*php the_title();*/?>


आइसिँ तामाङ,बलेफी सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बालमैत्री वडा घोषणा गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले वडालाई औपचारिक रूपमा बालमैत्री घोषणा गरेको छ ।
घोषणाका लागि वडाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र बालमैत्री स्थानीय शासन कार्यविधिमा उल्लिखित ४१ सूचकहरू पूरा गरेको वडा अध्यक्ष यादव ठकुरीले जानकारी दिए। वडामा बालमैत्री समिति गठन गरी १५ वटा संस्थागत सूचकहरू कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बताए।
बाल अधिकारकर्मी कृष्ण पराजुलीका अनुसार वडाले जन्मदर्ता, बालश्रममुक्त समाज, यातनारहित वातावरण, पोषणयुक्त आहार, सरसफाइ लगायतका संरक्षण, स्वास्थ्य, पोषण, विकास र सहभागितासम्बन्धी सबै सूचकहरू पुरा गरेको छ।
घोषणा कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल समूह, राजनीतिक दल, विद्यालय, सेवा प्रदायक संस्था, सुरक्षा निकायलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। बाल अधिकार राष्ट्रिय सहजकर्ता विश्वप्रसाद चोभेले घोषणाले स्थानीय तहमा सुशासन र उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
२० असार २०८२, शुक्रबार १६:५६