/*php the_title();*/?>


जनतापत्र,जुगल गाउँपालिका ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ६ हाब्राको बस्तिमा आगलागी भएको छ ।
आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । आगलागीका कारण करिब ५८ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
स्थानीय प्रेम श्रेष्ठको घरबाट आगलागी शुरु भएको इलाका प्रहरी कार्यालय जलबिरेले जनाएको छ । आगलागीबाट श्रेष्ठको ढुङ्गामाटोबाट बनेको २ वटा घरमा पुर्ण क्षति भएको छ । आगलागीबाट मानवीय तथा पशुचौपायाको भने कुनै क्षति नभएको आगलागीबाट श्रेष्ठको मात्रै अन्दाजी २ तोला सुन, , फर्निचर, पिठो पिसने मेसिन, किराना पसलको सामान, लत्ताकपडा, भाडाकुडाँ, अन्नपात, फर्निचर मिलको मेसिन तथा नगद गरी करिब २६ लाख रुपैयाँ बराबरको क्षती भएको प्रहरी सहायक निरीक्षक श्यामप्रसाद विनय यादवले जानकारी दिनु भएको छ ।
आगलागी करेन्ट सर्ड भइ आगो लागेको आशंक गरिएको छ । आगलागीबाट मनकुमारी श्रेष्ठको ढुङगा माटोको घर, लत्ताकपडा, अन्नपात,भाडाकुडाँ, नगद, फर्निचरको सामान गरी अन्दाजी सात लाख चालिस हजार रुपैयाँ एवम् मिलन श्रेष्ठको ढुङगा माटोको घर, आधा तोला सुन,लत्ताकपडा, भाडाकुडाँ, अन्नपात नगद गरी अन्दाजी १५ लाख रुपैयाँ , कुमार श्रेष्ठको ढुङगा माटोको घर, सुन करिब डेढ तोला, लत्ता कपडा, भाडाकुडा, अन्नपात, नगद ,फर्निचरको सामान गरी अन्दाजी दश लाख रुपैयाँ, बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
४ जनाको ५ वटा घरको गरी अन्दाजी ५८ लाख बराबरको क्षती भएको छ । आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा ३ घण्टापछि मात्र नियन्त्रणमा लिएको छ ।
३ बैशाख २०८२, बुधबार १८:२८