सिन्धुपाल्चोकमा सामुदायिक वन उपभोक्ता महासंघको प्रथम परिषद तथा सुशासनसम्बन्धी गोष्ठी

जनतापत्र,सिन्धुपाल्चोक ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा प्रथम जिल्ला परिषद तथा सामुदायिक वन उपभोक्ता समूहहरूको वार्षिक प्रतिवेदन तयारी, लेखा परीक्षण र सुशासन अभिवृद्धि सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य गंगा खड्का प्रमुख अतिथि रहनु भएको थियो।
जिल्लाभरका स्थानीय महासंघका अध्यक्षहरू, विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, सचिव तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले लेखा प्रणाली, पारदर्शिता, सुशासन तथा वार्षिक प्रतिवेदन तयारीका विषयमा जानकारी लिएका थिए।
कार्यक्रमको अध्यक्षता जिल्ला महासंघका अध्यक्ष जनक राज गिरिले गरेका थिए। स्वागत मन्तव्य यज्ञ दंगालले राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव विष्णु प्रसाद ढुंगानाले गरेका थिए।
गोष्ठीमार्फत समुदायमा वन संरक्षण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्य लिइएको आयोजकले जानकारी दिएको छ।

५ जेष्ठ २०८२, आईतवार ११:२१