/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना अन्ततः परीक्षण चरणमा पुगेको छ। लामो प्रतीक्षापछि सोमबारबाट पहिलो टरबाइन घुम्दै उत्पादन सुरु भएको हो। यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाले प्रवर्द्धन गरेको हो। निर्माण सुरु भएको १४ वर्षपछि बल्ल पहिलो पटक विद्युत् निकाल्न सफल भएको छ। एक साताअघि प्रसारण लाइन परीक्षण सफल भएपछि उत्पादन सुरु भएको कम्पनीका सीईओ रामगोपाल सिवाकोटीले जानकारी दिनुभयो। हाल ३ टरबाइनमध्ये एउटा मात्र सञ्चालनमा छ।
तर सबस्टेसनको काम अझै अपुरो छ। बाह्रबिसेमा बन्ने सबस्टेसन जोड्न चार किलोमिटर प्रसारण लाइन बनाइँदैछ, जसको दुई किलोमिटर भागमा सहमति जुटेर धमाधम निर्माण भइरहेको छ। आयोजनाले दशैंअघि २२० केभी लाइन तयार हुने विश्वास लिएको छ। अहिलेलाई उत्पादित विद्युत् नयाँ खिम्ती सबस्टेसनमार्फत ढल्केबर पुग्नेछ, जहाँबाट राष्ट्रिय ग्रिडमा मिसाइने योजना छ।
१७ भाद्र २०८२, मंगलवार १८:३३