/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ चेहेरेमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा दोलखाको शैलुङ गाउँपालिका–१ का २४ वर्षीय सुगम श्रेष्ठ र करिब २२ वर्षीय समिन मगर घाइते भएका छन्।

अर्को मोटरसाइकलमा सवार त्रिपुरा सुन्दरी गाउँपालिका–५ का चिनिबहादुर श्रेष्ठ र झन्डै ३२ वर्षीय दीपक श्रेष्ठ पनि दुर्घटनामा परी चोट लागेको छ। चारै जनाको अवस्था सामान्य रहेको तथा उनीहरूलाई उपचारका लागि सिन्धु सदाबहादुर अस्पताल खाडीचौर पठाइएको इलाका प्रहरी कार्यालय जलभिरेले जनाएको छ। दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०२–००९ प ५१५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०३२ प ७७९५ नम्बरको मोटरसाइकल मंसिर २६, २०८२ को दिउँसो एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
२७ मंसिर २०८२, शुक्रबार १५:४८