/*php the_title();*/?>


आइसिँ तामाङ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ को कोलगाउँमा एक किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीको अनुसन्धानले १६ वर्षीया निशा तामाङमाथि पाँच जनाले पालैपालो बलात्कार गरी हत्या गरेको पुष्टि गरेको छ। घटनाको विवरण अनुसार किशोरी असार ११ गते बिहान घरबाट निस्केकी थिइन्। उनी दिनभरि बेपत्ता भएपछि परिवारजनले खोजी थालेका थिए। सोही दिन बेलुका कोलगाउँस्थित छ्यादिखोला जंगल क्षेत्रमा स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान गर्दा झाडीमा लुकाइएको अवस्थामा किशोरीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार शवको प्रारम्भिक अवस्था हेर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको थियो। अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालय, काठमाडौँस्थित केनाइन शाखाबाट तालिमप्राप्त कुकुरको टोलीसमेत बोलाइएको थियो।इन्स्पेक्टर कृष्ण बस्नेतको नेतृत्वमा आएको कुकुर टोलीले घटनास्थलको अनुसन्धानमा सहयोग पु¥याएको प्रहरी स्रोतले जनाएको छ। घटनास्थल वरपरका व्यक्तिहरूको गतिविधि र हिँडाइको आधारमा अनुसन्धानलाई अगाडि बढाइएको थियो।अनुसन्धानको क्रममा प्रहरीले सोही गाउँका पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयान, शारीरिक प्रमाण, र कुकुरद्वारा देखाइएको मार्गको आधारमा उनीहरूलाई घटनासँग जोडिएको पुष्टि भएको प्रहरीले जनाएको छ। ती पाँच जना मदिरा सेवन गरेर पालैपालो बलात्कार गरेको र अन्ततः हत्या गरी शव त्यहीँ छाडेर भागेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
१३ असार २०८२, शुक्रबार १२:४३